विदुर – दारी ग्याङ्गको आयोजनामा भएको फुटसलमा नुवाकोट विजयी भएको छ ।
काठमाडौंको बूढानीलकण्ठमा आज भएको समूह चरणको पहिलो खेलमा दारी ग्याङ्ग नुवाकोटले न्यु नेटवर्क नेपाललाई ६-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।
खेलमा नुवाकोटका विवस लामा र अनिल थापाले २/२ गोल गरे।
यस्तै, गाेविन्द रिमाल र राकेश सडौलाले पनि नुवाकोटका लागि समान १/१ गोल गरे।
अब नुवाकोटले दोस्रो खेल प्रदिप फुटबल क्लब र तेस्रो खेल दारी ब्रदर युनाईटेडसँग खेल्नेछ।
प्रतियोगिता भदौ १४ र १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया