+
Search

ताजा अपडेट +

पपुलर +

फुटसलमा निलकण्ठ र चन्द्रज्योति प्रथम

pipaltar futsal
डबली खबर
१ साल अगाडी

विदुर – पिपलटार फुटबल क्लबको आयोजनामा भएको तेस्रो संस्करणको फुटसल प्रतियोगितामा निलकण्ठ मावि र चन्द्रज्याेति मावि विजयी भएकाे छ ।

सोमबार भएको फाइनलमा छात्रतर्फ निलकण्ठले जालापदेवी बोर्डिङ्ग स्कुललाई ३-२ गोल अन्तरले हराएका थिए।

यस्तै, छात्रातर्फ जालापदेवीकै समुह द्वितिय भएकाे छ।

विजेता छात्रतर्फ रु २० हजार र छात्रातर्फ १० हजार र उपविजेता छात्रतर्फ रु १० हजार र छात्रातर्फ रु ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

विजेताहरुलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र ५ नम्बरका वडा अध्यक्ष लिलानाथ न्यौपानेले संयुक्तरुपमा नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा २० छात्र समूह र सात छात्रा समूहले सहभागिता जनाएको क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ