+
Search

ताजा अपडेट +

पपुलर +

फुटसलमा जेडी बोर्डिङ र चन्द्रज्योती माविलाई उपाधि

3rd NUFC Futsal Tournament 2081
डबली खबर
१ साल अगाडी

विदुर – तेस्रो एनयुएफसि कप फुटसलमा जालपादेवी (जेडी) बोर्डिङ स्कुल र चन्द्रज्योती माविले उपाधि जितेको छ ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा भएको जिल्लास्तरीय छात्रछात्रा अन्तरविद्यालय फुटसलको फाइनलमा छात्रतर्फ जेडीले चन्द्रज्योती माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

यस्तै, छात्रातर्फको उपाधि चन्द्रज्योतीले अर्किड एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

विजेता र उपविजेताले छात्रतर्फ १५ हजार र सात हजार पाँचसय नगद पुरस्कार प्राप्त गरे । यसैगरी, छात्रातर्फको १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले नगर पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताभर लिग, प्रि क्वार्टर, क्वार्टर, सेमिफाइनल र फाइनल खेल गरी ५९ खेल खेलाईएको थियो ।

साउन ३१ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगितामा छात्रातर्फ १२ र छात्रतर्फ २५ समुहको सहभागिता रहेको क्लब अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ