बट्टार – नेपाल खेलकुद महासङ्घ जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
मंगलवार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
महासङ्घको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री, सचिवमा महेश बखती र कोषाध्यक्षमा सरोज डंगोल चयन भएका छन् ।
त्यस्तै, उपसचिवमा रञ्जित तामाङ र सोवर्ण तामाङ चयन भएका छन् ।
कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले संसार जित्ने विधा भनेको खेलकुद रहेकोले खेल लाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले देशलाई फुटाउने होइन जोड्ने जुटाउनेहरुको आवश्यक रहेको बताए ।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष बस्नेतले सपथ ग्रहण र ओहोदाको प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया