+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साउन ३१ गतेदेखि फुटसल प्रतियोगिता

साउन ३१ गतेदेखि फुटसल प्रतियोगिता
डबली खबर
१ साल अगाडी

विदुर – तेस्रो एनयुएफसी फुटसल कप फुटसल प्रतियोगितामा भोलि साउन ३१ गतेदेखि भदौ १ गतेसम्म हुने भएको छ ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा हुन लागि रहेको विद्यालयस्तरीय फुटसल प्रतियोगितामा छात्रातर्फ १२ र छात्रतर्फ २५ समुहको सहभागिता रहेको क्लब अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको दुवै विधाका विजेता र उपविजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताभर लिग, प्रि क्वार्टर, क्वार्टर, सेमिफाइनल र फाइनल खेल गरी ५९ खेल खेलाईने छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ