+
Search

ताजा अपडेट +

पपुलर +

खुला टेबलटेनिसमा सौगात प्रथम

table tenis player saughat and sushant with refree santosh thapa
डबली खबर
१ साल अगाडी

विदुर – नेपाल खेलकुद महासङ्घ नुवाकोटको आयोजनामा भएको प्रथम जिल्लास्तरीय खुला टेबलटेनिस प्रतियोगितामा सौगात खड्का प्रथम भएको छ ।

खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार मूल नाराका साथ खेलाईएको प्रतियोगिताको फाईनलमा सौगातले सुशान्त श्रेष्ठलाई तीन सेटमै पराजित गर्दै प्रथम भएको हो ।

सौगातले सुशान्तलाई ११–५, ११–३, ११–८ को सेटमा पराजित गरे ।

यस्तै, प्रतियोगितामा सरोज गिरी र आईरिस श्रेष्ठ भए ।

प्रतियोगितामा १८ जना खेलाडीहरुले सहभागिता जनाएको खेल संयोजक सन्तोष थापाले जानकारी दिए ।

विजेताहरुलाई महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ