+
Search

ताजा अपडेट +

पपुलर +

लिग फुटबलको उपाधि बट्टारलाई

winner of nuwakot district league football competition
डबली खबर
१ साल अगाडी

विदुर – बट्टार युथ क्लबले नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

नुवाकोट जिल्ला फुटबल सङ्घको आयोजनामा कडारुपमा नेपाल प्रहरी खटाई सञ्चालन गरिएको फाईनल खेलमा बट्टारले न्यू ईनारपाटी युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि गत शनिबार जेठ २६ गते तय भएको फाइनल खेलको ६५औं मिनेटमा पाएको फ्रिकिकमा न्यु ईनारपाटीले गरेको गोललाई रेफ्रीले अफसाईड दिएपछि खेलाडी र दर्शकहरुले रफ्रीमाथि हात गरेका थिए ।

त्यसपछि अवरुद्ध बनेको खेल तीनपटक स्थगित भएको थियो । प्रतियोगिताको फाईनल खेलको बाँकी रहेको समयको खेलमा असार १ गते खेलाइएको हो ।

रेफ्रीमाथि हातपात गरेपछि खेलमा न्यु ईनारपाटीका आठ जना खेलाडीले खेलेका थिए।

जीतसँगै बट्टारले ५० हजार रुयैयाँ र न्यु ईनारपाटीले २५ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ