sujim advert

स्केटिङ्ग सङ्घमा खड्का

डबली खबर     जेष्ठ २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

skating association Bhaktapur
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

भक्तपुर – नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ सङ्घ भक्तपुरको अध्यक्षमा किरण खड्का निर्वाचित भएका छन् । आईतबार सल्लाघारीमा भएको प्रथम अधिवेशनले खड्काको अध्यक्षतामा १८ सदस्य समितिको गठन गरेको हो ।

उपाध्यक्षमा सुदिप ढुङ्गेल र सम्पन्न ढुङ्गेल, सचिवमा अस्मिन बस्नेत, सह-सचिवमा सक्षम अर्याल, अंशु धिताल, दिपु प्रजापति र श्रीगल बस्नेत र कोषाध्यक्षमा आर्यन नेपाल चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा एलिना अवाल, निरज थापा, श्रुति थापा, सूरज रायमाझी, सङ्गम श्रेष्ठ, सुभम ढुगेल, सुबोध पौडेल, रुबिन पाण्डे, उदब कृष्ण श्रेष्ठ चयन भएका हुन ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, सङ्घका केन्द्रीय अध्यक्ष अच्युत खनाल, बागमती प्रदेशका अध्यक्ष प्रकाश श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्षका रमेशकुमार खनाल लागायतले संयुक्तरुपमा टिका र खादा लगाएर सपथ ग्रहण गराएका थिए ।

स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रियस्तरमा केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा प्रतिनिधिसभा सदस्य थापाले बताए ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top