न्यु ईनारपाटी र बट्टार फाइनलमा

डबली खबर     जेष्ठ २५ २०८१ २१:४०

football final nuwakot district league 2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – न्यु ईनारपाटी युवा क्लब र बट्टार युथ क्लब नुवाकोट जिल्ला लिग फूटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

आज शुक्रबार भएको दोस्रो सेमिफाइनलमा थ्रीडि युथ क्लबलाई ४-१ गोल अन्तरले हराउदै ईनारपाटी फाइनलमा पुगेको हो ।

निर्धारित समयावधिमा दुवै समुहबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकलियो ।

यस्तै, बट्टार युथ क्लबले बट्टारले तप्त युथ क्लबलाई ४-१ गोल अन्तरले हरायो ।

बट्टार युथ क्लबलाई विजयी गराउन सन्तोष थापाले ह्याट्रिक गरे । बट्टारको तर्फबाट थप एक गोल ईशान शाहले गरे।

थापाले खेलको ३३, ४३, ७८ औ मिनेटमा तीन गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको म्यान अफ दि म्याच सन्तोष थापा भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top