खेलाडीलाई जर्सी सेट प्रदान

डबली खबर     जेष्ठ १५ २०८१ १४:०८

fc pipaltar jersey
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आजबाट सुरु हुने जिल्ला लिग फुटबल प्रतियोगिताका लागि पिपलटार फुटबल क्लबलाई लायन क्लब अफ काठमाडाैं र भैरवी फर्निसिङ सेन्टर बट्टारले जर्सी सेट प्रदान गरेको छ ।

मङ्गलबार एक कार्यक्रमकाबीच लायनका उपाध्यक्ष कृष्णप्रसाद भट्टले क्लबका अध्यक्ष उद्धव पनेरुलाई हस्तान्तरण गरेको छ ।

खेलक्षेत्रको विकास र खेलाडीको हौसला वृद्धि गर्नका निम्ति खेल सामाग्री उपलब्ध गराएकाे लायनका उपाध्यक्ष भट्टले बताए । साथै आगामी दिनहरूमा पनि सहयोग हुने कुरा व्यक्त गरेका छन् ।

क्लबले उद्घाटन खेलमा नयाँ इनारपाटी युथ क्लबसँग पहिलाे खेल खेल्नेछ । खेलमा न्यू श्री माछापाेखरी लायन क्लब अफ काठमाडाैंको नाम उल्लेख भएको जर्सी लगाएर खेल खेलेका छन् । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top