बट्टार विजयी

डबली खबर     जेष्ठ ९ २०८१ २१:२७

nuwakot football 2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको उपाधी बट्टार युथ क्लबले जितेको छ ।

आज भएको फाईनल खेलमा बट्टार र वनदेवी युवा क्लबबीच भएको थियो ।

खेलमा दुवै क्लबबाट १/१ गोल गरेका थिए । बट्टारका सागर दर्जी र वनदेवीका विशाल थापामगरले गोल गरे ।

समय अवधिभर दुवै क्लबबाट बराबरी गोल भएपछि खेल ट्राइब्रेकरमा धकलियो । ट्राइब्रेकरमा बट्टारले वनदेवीलाई ४-३ गोल अन्तरले हरायो ।

प्रतियोगिताका विजेता र उपविजेतालाइ विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्तरूपमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।

नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top