sujim bazar advert

पिपलटार सेमिफाइनल प्रवेश

डबली खबर     जेष्ठ ६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

pipaltar football club nuwakot
Big Education Consultancy Nuwakot

नुवाकोट – जारी नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा पिपलटार फूटबल क्लब प्रवेश गरेको छ ।

आज आईतबार बिहान भएको खेलमा पिपलटारले युनाईटेड युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

पिपलटारको तर्फबाट कप्तान प्रदिप हमालले ह्याट्रिक गरेका थिए भने सबिन तामाङले एक गोल गरेका थिए ।

पिपलटारले फाईनल प्रवेशको लागि बट्टार युथ क्लब र आर्शिवाद युवा क्लबसँग मंगलबार खेल्नेछ ।

नुवाकोट फुटबल सङ्घले आयोजना गरेको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुको सहभागिता रहेको सङ्घका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top