sujim advert

प्रथम ध्रुव अमात्य स्मृति कपको उपाधी न्यू भिजनलाई

डबली खबर     बैशाख २२, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

new vision youth club nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – क्लबस्तरीय नकआउट प्रथम ध्रुव अमात्य स्मृति कप फुटबल प्रतियोगिताको उपाधि न्यु भिजन युथ क्लब जितेको छ ।

बट्टार युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा न्यु भिजनले आयोजक क्लबलाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले हराएको हो ।

आज भएको फाइनल खेलको निर्धारित समयमा दुवै क्लबबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकलिएको थियो ।

प्रतियोगितामा आयोजक बट्टार क्लब उपविजेता बनेको छ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित प्रमाणपत्र, मेडल र सिल्ड प्राप्त गरेको छ ।

सेमीफाइनलमा न्यु भिजनले थ्रीडी युवा क्लबलाई २-१ गोल र बट्टारले तप्त युवा क्लबलाई ट्राइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

विजेता र उपविजेतालाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगद पुरस्कार, प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरे ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top