sujim advert

विदुर मैत्रीपूर्ण फुटबल

डबली खबर     चैत्र १३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Bidur city youth club bidur friendship football in nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर सिटि युथ क्लबको आयोजनामा नुवाकोटको बट्टारमा मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

सदरमुकाम विदुरमा रहेको विन्द्रला समुह र गणेश समुहबीच भएको मैत्रीपूर्ण फुटबल खेलको पूर्ण अवधिमा दुवै टिमले ३–३ गोल गरेको क्लबका स्वास्थ्य तथा खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

शनिबार बिहान नुवाकोट आदर्श बहुमखी क्याम्पस खेलमैदानमा भएको खेलमा नुवाकोट फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारले खेलका मुख्य निर्णायक रामकुमार कोइरालालाई बल हस्तान्तरण गरी खेलको सुरुवात गरिएको थियो ।

फागुपूर्णिमाको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताए । साथै विदुरवासीबीच फुटबल खेलबाट एकआपसमा जोड्दै आपसी भाईचारा सम्बन्धको विकास गर्ने र खेलप्रति लगाव भएकालाई समेटर खेलाडीहरुको उत्पादन गर्ने लक्ष्य समेत रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

उक्त मैत्रीपूर्ण खेल अवलोकन गर्न विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावल, युवा परिषद नुवाकोटका अध्यक्ष उद्धव पनेरुलगायत स्थानीयवासीको सहभागी भएका थिए ।

जिल्लास्तरीय खेलका विदुरका पूर्वखेलाडीहरु समेतको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल खेलले स्थानीयलाई उत्साह थपेको स्थानीय राजेन्द्र पाण्डेले बताए ।

खेलमा नुवाकोट युनाइटेड फुटबल क्लबको प्राविधिक सहयोग रहेको आयोजक क्लबका सचिव प्रदिपकुमार पण्डितले जानकारी दिए ।

खेलको पूर्ण भिडिओ

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top