विदुर – जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कपको सेमिफाइनल चरण पुरा भएको छ । छात्रतर्फको फाईनलमा जेडी बोर्डिङ स्कुल र चन्द्रज्योति मावि भिड्ने भएको छ ।
आज भएको सेमिफाइनल खेलको पहिलो खेलमा जेडीले भीमसेन माविलाई २-० गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलमा जेडीका सम्राट तामाङले र समीर रिमालले १/१ गोल गरे ।
खेलको म्यान अफ दि म्याच जेडीका जर्सी नम्बर १४ का समीर रिमाल भए ।
त्यसैगरी, सेमिफाइनलको दोस्रो खेलमा चन्द्रज्योतिले च्वाडी पब्लिक माविलाई ट्राइब्रेकारमा ५-४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेल समयावधिमा दुवै समुहले समान १/१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकलिएको थियो ।
खेल अवधिमा च्वाडीका रोहित सडौला र चन्द्रज्योतिका सोहम तामाङ आफ्नो समुहको तर्फबाट १/१ गोल गरे ।
खेलको म्यान अफ दि म्याच चन्द्रज्योतिका जर्सी नम्बर १० का सोनाम तामाङ भए ।
यसैगरी छात्रातर्फको फाइनलमा उपाधीको लागि भैरवी र पञ्चमिलन कलादेवी माध्यमिक विद्यालय भिड्ने छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा जिल्लाका सामुदायिक र निजी १७ विद्यालयहरुको सहभागिता रहेको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ विजेता र उपविजेताले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, छात्रातर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया