२०८१, १० जेष्ठ बिहीबार

भैरवी फाइनलमा

डबली खबर     फाल्गुन १६ २०८० २२:१३

football team of chandrajyoti secondary school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कपको छात्रातर्फको फाईनलमा भैरवी माध्यमिक विद्यालय प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमामा भैरवीले सहिद जगतप्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयलाई ३-० गोल गर्दै विजयी भएको हो ।

खेलको पहिलो हाफको ३० औं मिनेटमा सहिदकी निशा खतिवडाले आत्माघाती गोल गरेपछि भैरवी १-० ले अघि बढेको थियो ।

यस्तै, भैरवीकी रकिशा डङ्गोलले ४२ र ४४ औं मिनेटमा २ गोल गर्दै आफ्नो विद्यालयको समुहलाई जिताईन् ।

भैरवीले फागुन १९ गते शनिबार बट्टार क्याम्पसको खेलमैदानमा हुने फाइनलमा पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयसँग जीतको लागि भिड्ने छ ।

यसैगरी छात्रतर्फ आज भएको क्वार्टरफाइनलमा चन्द्रज्योति माविले शिलादेवी माविलाई ट्राइब्रेकरमा ३-२ गोल अन्तरले हराउँदै विजयी भएको हो । जीतसँगै चन्द्रज्योति सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल समयावधिमा दुवै समुहबाट २/२ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

खेलको पहिलोहाफको ९ औं मिनेटमा चन्द्रज्योतिका देवनारायण कुमाल र २२ औं मिनेटमा रिजन कुमालले १/१ गोल गरेका थिए ।

यस्तै खेलको ३८ औं र ५५ औं मिनेटमा शिलादेवीका सचिन राईले २ गोल गरेका थिए ।

प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण क्लबको सामाजिक सञ्जालमार्फत हेर्न सकिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top