बट्टार – जारी धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल पञ्चमिलन कलादेवी माध्यामिक विद्यालय विजयी भएको छ ।
नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजना भएको छात्रातर्फको खेलमा पञ्चमिलनले जालपादेवी बोर्डिङ स्कूललाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
खेलमा सविना तामाङ म्यान अफ दि म्याच घोषित भईन् । उनले पञ्चमिलनको तर्फबाट दुई गोल गरेकी थिईन् ।
यस्तै, छात्रतर्फ भएको पहिलो खेलमा चन्द्रज्योति माविले अमरज्योति माविलाई १-० गोल अन्तरले हराएर विजयी भए ।
दोस्रो खेलमा शिलादेवी माविले त्रिशूलि सामुदायिक बोर्डिङ स्कूललाई १-० गोल अन्तरले अन्तरले हराएर विजयी भए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको छात्रतर्फ चन्द्रज्योतिका सहदेव भट्टराई र शिलादेवीका सचिन राई म्यान अफ दि म्याच घोषित भए ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा जिल्लाका सामुदायिक र निजी १७ विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया