विदुर – प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले विभिन्न ४० बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहसहितको संघीय प्रणाली निर्माण, भ्रष्टाचार नियन्त्रण लगायत मागसहित राप्रपाले ४० बुँदे ज्ञापनपत्र बुझाएको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र दिइएको राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिए ।
विदुरमा रहेको पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको कार्यालयसम्म पञ्चेबाजासहित व्यवस्था र अवस्था परिवर्तन नुवाकोटमा दबाबमूलक प्रदर्शन समेत गरेको छ । प्रदर्शनमा पार्टिका केन्द्रीय सदस्य झनक प्याकुरेल, जनकराज पाठक जनजाति विभागका केन्द्रिय संयाेजक दिपक राईलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया