नुवाकोट – कोलोनीमा ‘प्रथम नुवाकोट खुल्ला राष्ट्रिय तथा जिल्लास्तरीय ब्याडमिन्टन’ प्रतियोगिताको आज शनिबारबाट सुरु भएको छ ।
कोलोनी ब्याडमिन्टन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।
राष्ट्रियतर्फ पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष शनि चित्रकारले जानकारी दिए ।
यस्तै, जिल्लास्तरीय समुहका पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फागुन ५-७ गतेसम्म सञ्चालन हुने प्रतियोगतामा ८० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया