sujim bazar dashain tihar bumper offer

त्रिभुवन त्रिशूली मावि प्रथम

डबली खबर     फाल्गुन ५, २०८०

sizen education study in Japan
ananda Jewellery shop

saalak animal
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – ‘विश्व सालक दिवस’को अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय प्रथम भएको छ ।

‘सालक संरक्षणमा एकता’ भन्ने नाराका साथ विद्यार्थीलाई सालकबारे जानकारी दिन डिभिजन वन कार्यालय नुवाकोटको आयोजना र विदुर नगरपालिकाको सहयोगमा शुक्रबार भएको नगरपालिकास्तरीय माध्यमिकतह हाजिरीजवाफ प्रतियोगिता त्रिभुवन त्रिशूली मावि प्रथम भएको हो ।

प्रतियोगितामा नगरका आठ विद्यालयको सहभागिता रहेकोमा विरेन्द्र मावि द्वितीय र महेन्द्र मावि तृतीय भएका छन्।

यस्तै, प्रतियोगितामा तिनधारे पिपलडाँडा माविले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

नगरप्रमुख राजन श्रेष्ठले वन र सालकको संरक्षण गर्नुपर्ने बताउँदै कृषि क्षेत्रमा लगानी कार्यक्रम नगरको नीतिगत रहेको बताए । वनको कानुन, नीति समयसापेक्ष परिमार्जन गर्नुपर्ने छ । विश्वमा नै दुर्लभ बन्य जन्तुको सूचिमा रहेको लोपोन्मुख सालकको चोरी पैठारीमा रोक लगाउनुपर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

विजेता विद्यालयहरुलाई नगरप्रमुख श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

नागरिकलाई सालकबारे जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवस मनाएको हो । लोप हुँदै गएको सालकको संरक्षण गर्न सालक दिवस मनाइएको आयोजकले जनाएको छ ।

दुर्लभ मानिएको सालक नुवाकोटलगायत बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top