sujim bazar advert

राष्ट्रपति रनिङ सिल्ड सुरु

डबली खबर     माघ २७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नुवाकोट – विदुर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।

आज बट्टारस्थित खेलमैदानमा नगरप्रमुख राजन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

नगर उपप्रमुख प्रभा बोगटीले खेलाडी पालिका हुँदै जिल्ला र राष्ट्रियस्तरको खेल प्रोत्साहन हुने बताईन् । ‘कुनै ठाउँ केन्द्रीत मात्र नभई हाम्रोदेश खेलकुदको भविष्य हुने छ’ उनले भनिन् ‘देशको मौलिकता, विभिकता, ठाउँ र प्रतिभाको पहिचान होस् भनेर प्रतियोगिता आयोजना गरिएको हो ।’

प्रतियोगितामा एथलेटिक्स, भलिबल, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिताहरू आयोजना गरिएको नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज गिरीले जानकारी दिए ।

६० स्वर्ण, ६० रजत र ६० कास्यपदकको लागि प्रतियोगितामा नगरभित्रका २० सामुदायिक र ५ निजी विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता माघ २७ गतेदेखि २९ गतेसम्म हुनेछ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top