sujim advert

राष्ट्रपति रनिङ सिल्ड सुरु

डबली खबर     माघ २७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।

आज बट्टारस्थित खेलमैदानमा नगरप्रमुख राजन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

नगर उपप्रमुख प्रभा बोगटीले खेलाडी पालिका हुँदै जिल्ला र राष्ट्रियस्तरको खेल प्रोत्साहन हुने बताईन् । ‘कुनै ठाउँ केन्द्रीत मात्र नभई हाम्रोदेश खेलकुदको भविष्य हुने छ’ उनले भनिन् ‘देशको मौलिकता, विभिकता, ठाउँ र प्रतिभाको पहिचान होस् भनेर प्रतियोगिता आयोजना गरिएको हो ।’

प्रतियोगितामा एथलेटिक्स, भलिबल, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिताहरू आयोजना गरिएको नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज गिरीले जानकारी दिए ।

६० स्वर्ण, ६० रजत र ६० कास्यपदकको लागि प्रतियोगितामा नगरभित्रका २० सामुदायिक र ५ निजी विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता माघ २७ गतेदेखि २९ गतेसम्म हुनेछ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top