sujim advert

विदुरको उपाधि म्यागङलाई

डबली खबर     माघ २१, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

myagan win bidur mayor cup 2080
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर मेयर कपको उपाधि म्यागङ गाउँपालिकाले उचालेको छ ।

विदुर नगरपालिका र नुवाकोट फुटबल संघको आयोजना अन्तर पालिकास्तरीय फुटबल प्रतियोगितामा म्यागङले आयोजक समुह विदुरलाई ३-२ गोलअन्तरले हराएको हो । यो सँगै म्यागङ नुवाकोट च्याम्पियन बनेका छन् ।

म्यागङका तेजबहादुर घलेले १ र जर्सी नम्बर १० का अजय वाइवाले २ गोल गरेका थिए भने विदुरका जर्सी नम्बर १० का सन्तोष थापाले २ गोल गरेका थिए ।

खेलमा म्यागङका घले म्यान अफ दि म्याच खेलाडी घोषित भए ।

प्रतियोगिताको विजेता टोलि म्यागङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेता विदुरले २ लाख २ हजार २ सय २२ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता र उपविजेतालाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा जिल्लाका दुई नगरपालिकासहित १० स्थानीय तहको सहभागिता रहेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top