२०८०, १७ फाल्गुन बिहीबार
social securities awareness bidur municipality

विदुर मेयर कप सेमिफाइनल : आज म्यागङ र सूर्यगढी भिड्ने

डबली खबर     माघ १९ २०८० ०५:२७

bidur mayor cup semifinal 2080
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर मेयर कप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

बट्टार खेल मैदानमा अपराहन्न १२ बजे सुरु हुने पहिलो सेमिफाइनलमा म्यागङ र सूर्यगढीबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी दिउँसो ३ बजे नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल विदुर र शिवपुरीबीच हुदैँछ ।

खेलमा चारै टोली जित निकाल्दै फाइलनमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । म्यागङ र शिवपुरी समुहको शिर्ष स्थानमा उक्लदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

१० पालिका टिम सहभागी प्रतियोगिताको विजेताले ४ लाख ४ हजार ४४४ र उपविजेताले २ लाख २ हजार २२२ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, डिफेन्डर, मिड फिल्डर, फरवार्ड लगायतले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यही माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top