sujim bazar advert

अवलोकनकर्तालाई दुध र अण्डाले स्वागत गरिने

डबली खबर     माघ १३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

welcoming to visitor boiled egg and milk in nuwakot mahotsav 2080 bidur trishuli
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले आठौँ संस्करणको नुवाकोट महोत्सव अवलोकनकर्तालाई दुध र अण्डाले स्वागत गर्ने भएको छ ।

यहि माघ २६ गतेदेखि फागुन ७ गतेसम्म सदरमुकाम विदुरमा नुवाकोट उद्योग वाणिज्य संघको आयोजना हुन लागिएको महोत्सवमा अवलोकनकर्तालाई दुध र अण्डाले स्वागत गरिने संघका प्रथम उपाध्यक्ष तथा कृषि प्रदर्शनी समितिका संयोजक दिनेशकुमार श्रेष्ठले बताए । महोत्सव अवधिको तीन दिन भेटरिनरी अस्पतालको सहकार्यमा संघले उक्त व्यवस्था गरिएको उनले बताए ।

महोत्सवमा औधोगिक प्रर्दशनी २५० स्टल र स्थानीय उत्पादन तथा कृषि प्रर्दशनी ५० स्टलको व्यवस्था गरिएको उनले जानकारी दिए । नुवाकोट जिल्लाका कृषिउपज उत्पादनको प्रबर्द्धन र बजारको लागि महोत्सव गन्तव्य हुने उनले बताए ।

“महोत्सवले आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा जिल्लावासीलाई लाभ हुनेछ”, उनले भने “अनुमानित ५ करोडको आर्थिक कारोवार रहने महोत्सवले मन्द रहेका व्यावसायीक गतिविधिलाई चलायमान बनाउने विश्वास लिएका छौं ।”

जिल्ला र बाहिरबाट पाल्नु हुने आगन्तुकका कारण ठप्प रहेका होटल व्यावसाय लगायत सम्पूर्ण व्यावसायको कारोबार बढी आर्थिकस्तर बृद्धि भई सरकारको राजस्व संकलन पनि वृद्धि हुने उनले बताए ।

महोत्सवको लागि आवश्यक स्टल, बाल उद्यान, स्टेजलगातयतका कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top