२०८०, १७ फाल्गुन बिहीबार
social securities awareness bidur municipality

विदुर मेयरकप सुरु, म्यागङ विजयी

डबली खबर     माघ १३ २०८० १७:०९

myagan rural municipality football team members
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर मेयर कप फुटबल प्रतियोगिता आज शनिवारबाट सुरु भएको छ । विदुर नगरपालिका र नुवाकोट फुटबल संघ आयोजक रहेको प्रतियोगितामा जिल्लाका १० वटा स्थानीय तहको सहभागिता रहेको छ ।

प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक टोली विदुर नगरपालिका र म्यागङ गाउँपालिकाबीच प्रतिष्पर्धा भएकोमा आयोजक समुहलाई हराउँदै म्यागङ विजयी भए । म्यागङले विदुरलाई १-० गोलअन्तरले हराउँदै विजयी भएको हो । खेलको दोस्रो हाफको ७२ मिनेटको अवधिमा म्यागङका १० नम्बरका खेलाडी तेजबहादुर घलेले गोल गरेका हुन् । विदुरमाथि हावी हुँदै म्यागङले उद्घाटन खेलमा विजयी हासिल गरेको हो ।

प्रतियोगिताको उद्घाटन संघिय अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् ।

खेलतालिका अनुसार ककनी, लिखु, सुर्यगढी र तारकेश्वर गाउँपालिका समुह ‘ए’ मा रहेका छन् । समुह ‘बि’ मा बेलकोटगढी नगरपालिका, किस्पाङ र शिवपुरी गाउँपालिका रहेका छन् । यस्तै, आयोजक टोली विदुर नगरपालिका, तादी र म्यागङ गाउँपालिका समुह ‘सि’ मा रहेका छन् ।

प्रतियोगितामा प्रथम र द्वितिय हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र २ लाख २ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्वाधिक गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक विजय गुरुङले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top