sujim advert

आजदेखि कृषिउपज सामग्रीको “खोलेगाउँ महोत्सव”

डबली खबर     पुस २९, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

kholegaun mahotsav shivapuri rural municipality
bidur tax consultancy services in nuwakot

नुवाकोट – शिवपुरी गाउँपालिकाको ६ नम्बर वडामा आजदेखि ‘खोलेगाउँ महोत्सव’ हुदैँछ । दुई दिने महोत्सवमा स्थानीयस्तरका सामान बिक्री वितरणका लागि २४ वटा स्टल तयार गरिएको छ।

आज पुस २९ गतेदेखि भोलि माघ १ गतेसम्म हुने महोत्सवमा स्थानीय उत्पादनलाई बजारिकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु श्रेष्ठले बताए । युवाहरु पलायनले गाउँमा कृषिउपज सामग्री आयात गरी जीवनगुजारा गर्दै आईरहेकोमा स्थानीयमै त्यस्ता कृषिउपज खाद्यान्न उत्पादन गरी परजीवीबाट आत्मनिर्भर हुनको लागि महोत्सव आयोजना गरिएको उनले बताए।

महोत्सवमा स्थानीयस्तरमै उत्पादन भएको गुन्द्रुक, बेसार र भीर माहुरीको महको अलावा तरुल, लोकल कुखुरा, दुग्धजन्य सामग्रीसमेत प्रदर्शनी तथा बिक्रीको लागि राखिएको ६ नम्बर वडाका सदस्य कमल लामा (नुवाकोटे टाइगर)ले जानकारी दिए ।

ग्रामिणस्तरमा उत्पादित डोको, डालो, मान्द्रो, भकारी तथा हसिँया, खुर्पा कोदालो, कोदालीसमेत सुपथ मूल्यमा बिक्री कक्षमा राखिनेछ। मकै र कोदाको पिठोलगायतका कृषिउपज खाद्यान्न महोत्सवको मुख्य आकर्षणको रुपमा रहने जनाएको छ ।

विभिन्न सांगीतिक तथा मनोरञ्जनको मज्जा लिन सकिने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top