World Tuberculosis Day 2025
sujim advert

एक नम्बर विजयी

डबली खबर     पुस २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur municipality ward no 1 wins veterans football tournament 2080 in nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – ४० वर्ष भन्दामाथि उमेर समुहको अन्तरजिल्ला वडा कप फुटबल प्रतियोगितामा विदुर नगरपालिका वडा नं १ विजयी भएको छ ।

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित भेट्रान्स कप प्रतियोगिताको फाइनलमा विदुर नपा-३ लाई ४ गोलको अन्तरले पराजित गर्दै १ नम्बर वडा विजयी भएको हो ।

शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयको खेलमैदान भएको सेमिफाइनलको खेलमा १ नम्बर वडाले बेलकोटगढी नपा-८ लाई ४ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यस्तै, विदुर नपा-३ ले ४ नम्बर वडालाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेता तथा उपविजेतालाई विदुर नगरपालिका-५ का वडाध्यक्ष लिलानाथ न्यौपाने र ३ नम्बरका वडाध्यक्ष बद्री रिमालले संयुक्तरुपमा नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेलमा विजयी समुह १ नम्बर वडामा न्यूस्टार क्लबका चर्चित खेलाडी कहलिएका खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

पृथ्वी स्मारक संरक्षण समिति र देवीघाट जालपा क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदुर र बेलकोटगढी नगरपालिकाका ६ वडाहरुको सहभागिता रहेको थियो ।

खेलमा पूर्णलाल चित्रकार र बुद्धिबहादुर डंगोल र भुवन डंगोलले रेफ्रीको भूमिका निभाएका थिए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top