World Tuberculosis Day 2025
sujim advert

आमाछोदिङमोका अध्यक्षको गाडी दुर्घटना

डबली खबर     पुस १०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुाकोट – विदुर नगरपालिका-१ ढुङ्गेमा रसुवाका आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सवार गाडी दुर्घटना भएको छ ।

काठमाण्डौंमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भइ घर फर्कने क्रममा अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अध्यक्ष तामाङको गाडीले टाटा सुमोलाई ठक्कर दिई करिब ३० मिटर पर रहेको आईचरलाई समेत ठक्कर दिएको छ ।

दुर्घटनामा विदुरका उमेश थपलिया र उनको श्रीमती बिमला ढकाल घाइते भएका छन् । अर्का घाइते म्यागङ गाउँपालिकाका बीरबहादुर तामाङको भने थप उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार अध्यक्ष तामाङ भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top