sujim bazar advert

आमाछोदिङमोका अध्यक्षको गाडी दुर्घटना

डबली खबर     पुस १०, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुाकोट – विदुर नगरपालिका-१ ढुङ्गेमा रसुवाका आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सवार गाडी दुर्घटना भएको छ ।

काठमाण्डौंमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भइ घर फर्कने क्रममा अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अध्यक्ष तामाङको गाडीले टाटा सुमोलाई ठक्कर दिई करिब ३० मिटर पर रहेको आईचरलाई समेत ठक्कर दिएको छ ।

दुर्घटनामा विदुरका उमेश थपलिया र उनको श्रीमती बिमला ढकाल घाइते भएका छन् । अर्का घाइते म्यागङ गाउँपालिकाका बीरबहादुर तामाङको भने थप उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार अध्यक्ष तामाङ भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top