sujim advert

क्रिकेटमा त्रिभुवन त्रिशूली विजयी

डबली खबर     मंसिर २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

tribhuwan trishuli secondary school win interschool level t-20 cricket tournament in nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – अन्तर विद्यालयस्तरीय टि-२० क्रिकेटमा त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय विजयी भएको छ । खेलमापछि परेको त्रिभुवनले विजयी सुरुवात गरेको हो ।

नुवाकोट क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवनले सुभेनियर बोर्डिङ स्कूललाई ३८ रनले हराउँदै विजयी भए । त्रिभुवनले ९३ रन र सुभेनियरले ५५ रन बनाउन सफल भए ।

फाइनल खेलको म्यान अफ दि म्याच त्रिभुवनका हसन खान भए । खानले ४ विकेट लिए ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको प्रतियोगितामा विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता र उपविजेतालाई बागमती प्रदेश क्रिकेट संघका सदस्य अनुजमान श्रेष्ठले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । विजेता त्रिभुवनले एक थान ब्याट प्राप्त गरे ।

प्रतियोगिताभरीकै त्रिभुवनका रिसु कलवार सर्वोत्कृष्ट खेलाडी र सुभेनियरका भविष्य थापा उत्कृष्ट ब्याटर घोषित भए ।सुभेनियरका जोहन जेके उत्कृष्ट बलर र नवउदयमान खेलाडी घोषित भए ।

प्रतियोगिताभर सुभेनियरका थापाले ७० रन र जेकेले ३४ रन र ७ विकेट बनाउन सफल भएका थिए ।

प्रतियोगितामा जिल्लाका सामुदायिक र निजीका छ विद्यालयहरुले सहभागिता जनाएको सङ्घका सचिव करण खतिवडाले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top