किस्पाङकी पुजाले जितिन् दुई स्वर्णपदक

डबली खबर     मंसिर २६ २०८० ११:२८

puja tamang wins two gold medal in second png open international taekwondo kispang tukhya
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किस्पाङ गाउँपालिका-२ ताजिकी पुजा तामाङले दुई स्वर्णपदक र एक रजतपदक जितेकी छिन् । सिनियर पूमसे र ४६ केजि तौलतर्फ दुई स्वर्ण र पुमसेतर्फ एक रजत पदक जितेकी हुन् ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टोखाको तुख्य तेक्वान्दो दोजाङ्गकी तामाङले सिनियर पूमसे र ४६ केजि तौलतर्फ स्वर्णपदक दिलाउन सफल भएकी हुन् ।

भारतको कालिङपोङ्गमा आयोजित दोस्रो पि.एन.जि ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिपमा तुख्य तेक्वान्दो दोजाङ्गले ३ स्वर्ण, ५ रजत र १ कास्य पदक गरी कुल ९ पदक सहित दोस्रो स्थान हासिल गरेका छन् ।

यस्तै, भूमिका राईले सिनियर पूमसे र ५३ केजि तौलतर्फ दुई रजत, सुसन्ध्या खड्काले जूनियरतर्फ १ स्वर्ण र २९ केजितर्फ एक रजत र संयोग खड्काले २५ केजि तौलमा एक कास्यपदक हात पारे।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top