+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटकी पुष्पकाले जितिन् एक स्वर्ण

pushpaka lama win gold medal in seventh asian karate campionshio 2023
डबली खबर
२ साल अगाडी

नुवाकोट – सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नुवाकोटकी पुष्पका लामाले स्वर्णपदक जितेकी छिन् ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको बेलकोटगढि नगरपालिका वडा नं ९ निवासी लामाले महिला ५० केजीमुनि विधामा स्वर्णपदक चुमिकी हुन् ।

शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई हराईन् ।

प्रतियोगिताको पहिलो दिन नेपालले १२ स्वर्ण पदक जितेको छ । भारतले १५ स्वर्णपदक, श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १/१ स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा दक्षिण एसियाका राष्ट्र नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ