+
Search

ताजा अपडेट +

पपुलर +

अलौकिक पञ्चकन्या जात्रा आजदेखि

panchakanya jatra nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा आज र भोलि ‘पाँचकन्या जात्रा’ सुरु हुँदै छ । 

बौद्ध, हिन्दुलगायत सबै धर्मावलम्बीको साझा थलो घलेभञ्जाङको पूर्वोत्तरमा अवस्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने मेला यस वर्ष आज शुक्रबार र शनिबार चल्न लागेको हो ।

मेलाको तयारी पुरा भएको पञ्चकन्या मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

मेलाका लागि मन्दिर परिसर सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारको काम पुरा भइसकेको समितिका अध्यक्ष तामाङले बताए ।

पञ्चकन्या मन्दिर परिसरको उत्तरतर्फको पहराको कुनामा अवस्थित सातकन्या थानमा जात्राको अन्तिम दिन पशुबलि दिइसकेर सबै भक्तजन फर्किसकेपछि सुनसान अवस्थामा देवीले सर्पको रुप धारण गरेर भोग दिएको खान आउने गरेको स्थानीयको भनाइ छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ