sujim bazar advert

कलेजोको समस्या भएका ठाकुर न्याैपानेद्वारा आर्थिक सहयोगको अपिल

डबली खबर     मंसिर १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

thakur neupane lever transplant campaign
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – कलेजोमा समस्या भई उपचाररत विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारका ठाकुर न्यौपानेका परिवारले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका न्यौपाने केहि समयदेखि बिरामी भएको र हाल उपचारको लागि टिचिङ अस्पतालमा भर्ना गरिएको छ ।

न्यौपानेको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव भएकोले उपचार खर्च जुटाउन समस्या भएकोले पत्नी गौरी तिमिल्सिनाले सबैसँग सहयोगको अपिल गरेकी छिन् । ठाकुर न्याैपाने सहयाेग अभियान अन्तर्गत आर्थिक सहयोग सङ्कलन भएतापनि अपर्याप्त रहेको उनले बताईन् ।

सहयोग गर्नका लागि बिरामीको पत्नी तिमिल्सिनाको मोबाइल नम्बर ९७४१६७७६४३ मा सम्पर्क गर्न समेत सहयोग सकिने छ ।

बिरामीको उपचारको लागि सहयोग गर्न पत्नीको एनआइसि बैंकको बट्टार शाखामा रहेको खाता नं 7087012335752401 मा रकम जम्मा गरि सहयोग गर्न सकिनेछ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top