+
Search

ताजा अपडेट +

पपुलर +

भलिबलमा दुप्चेश्वर प्रथम

डबली खबर
२ साल अगाडी

विदुर – अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका प्रथम भएको छ ।

जिल्ला भलिबल सङ्घ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा दुप्चेश्वरले तादि गाउँपालिकालाई हराएर विजयी भएका हुन् । लिखु गाउँपालिका वडा नं ४ क्षेत्रपाल माध्यमिक विद्यालयकाे खेल मैदानमा भएको प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो र विदुर नगरपालिकाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा दुप्चेश्वरका उत्कृष्ट खेलाडीमा राजकुमार तमाङ, उत्कृष्ट व्लकर पुष्कर थापा र उत्कृष्ट सेटर मीनबहादुर तमाङ घोषित भएका छन् । यस्तै, तादीका उत्कृष्ट स्पाईकर अभिषेक शाही ठकुरी, पञ्चकन्याका उत्कृष्ट डिफेन्डर सुबास कार्की र विदुरका उत्कृष्ट सर्भर सन्ताेष थापा घोषित भएका छन् । ६ विधाका उत्कृष्ट खेलाडीले नगद ५ हजार र अन्य खेलाडीहरुले २ हजार नगद पुरस्कार र मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई पूर्वमन्त्री एवं सङ्घीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले पुरस्कार वितरण गरेका थिए ।

मंसिर ८ गतेदेखि १० गतेसम्म भएको प्रतियोगितामा जिल्लाका ११ पालिकाले सहभागिता जनाएको जिल्ला भलिबल सङ्घ नुवाकोटका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ