२०८१, २३ बैशाख आईतवार

उद्योग दिवसमा दुई उद्यमी सम्मानित

डबली खबर     मंसिर ८ २०८० १२:४५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नवौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले दुई उद्यमीलाई सम्मान गरेको छ ।

दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच विदुर नगरपालिका-५ गंगटेमा सञ्चालित दुवाल ब्रदर्शका सुदर्शन दुवाल र म्यागङ गाउँपालिका-२ बुङताङमा सञ्चालित सानु कर्लेरी कृषि फर्मकी उर्जी तामाङलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरेका हुन् ।

नुवाकोट उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र जिल्ला लघु उद्यमी संघ नुवाकोटको सिफारिसलाई छनौट गरी उद्योग दिवसमा उद्यमी सम्मान गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

“स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान” नाराका साथ मनाईएको उद्योग दिवसमा घरेलु कार्यालय परिसरमा जिल्लामा उत्पादित सामाग्रीहरुको प्रदर्शनी समेत गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top