२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

पिपलटार कपको उपाधी नुवाकोट युनाइटेडलाई

डबली खबर     कार्तिक २५ २०८० २१:१४

pipaltar futsal cup 2080 tournament nuwakot
pratik book and stationery center in nuwakot

विदुर – पिपलटार कप फुटसलको उपाधी नुवाकोट युनाइटेड फुटबल क्लबले जितेको छ ।

पिपलटार फुटबल क्लबको आयोजनामा भएको जिल्लास्तरीय फुटसल प्रतियोगितामा युनाइटेडले मुस्ताङ एफसिलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

युनाइटेडको तर्फबाट विकास लामिछानेले २ गोल र सागर दर्जीले १ गाेल गरे ।

इनारपाटि फुटबल क्लबलाई ३-० ले हराउँदै नुवाकाेट युनाईटेड फाईनल प्रवेश गरेको थियो । यस्तै, मुस्ताङ एफसिले थ्रिडि काेलनिलाई हराउँदै फाईनल प्रवेश गरेको थियो ।

विजयी प्रथम र द्वितीयले क्रमशः ३३ हजार ३३३ र १३ हजार ३३३ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष उद्वव पनेरुले जानकारी दिए ।

विजयी र विधागत उपाधी हासिल गरेका खेलाडी, समुह र प्रशिक्षकलाई बागमती प्रदेशसभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्कीले संयुक्तरुपमा नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा पिपलटार फुटबल क्लबका खेलाडी युकेश पनेरुले उदयमान खेलाडी घोषित भए । उत्कृष्ट खेलाडि मुस्ताङ एफसिका सन्तबहादुर तामाङ र नुवाकोट युनाईटेडका विकास लामिछाने सर्वाधिक गाेलकर्ता खेलाडी घोषित भए । नुवाकाेट युनाईटेडका द्वय मनिष कुमाल उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गाेलरक्षक आकाश रानामगर भए ।

यसैगरी अनुशासित समुह पिपलटार युनाईटेड फुटबल क्लब भए ।

कार्तिक २४ र २५ गते सम्म भएको प्रतियोगितामा जिल्लाभरका २१ क्लबहरुले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top