sujim bazar advert

दोस्रो लर्केप कपको उपाधि सेल्गङ र पिपलटार फुटबल क्लबलाई

डबली खबर     कार्तिक ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – दोस्रो नाइन ए साइड लर्केप कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सेल्गङ युवा क्लब र महिलातर्फ पिपलटार फुटबल क्लबले प्राप्त गरेका छन् ।

लर्केप युनाइटेड युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ सेल्गङले आयोजक लर्केप युनाइटेड युवा क्लबलाई र महिलातर्फ पिपलटारले फलाँटे युवा क्लब हराउँदै विययी भएका हुन् ।

तारकेश्वर गाउँपालिकाको लर्केप खेलमैदानमा पुरुषतर्फ सेमिफाइनल खेलमा सेल्गङले कल्लाबारी युवा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

महिलातर्फ सेमिफाइनल खेलमा पिपलटार फुटबल क्लबले निर्धारित समयमा गोलरहित बराबरीपछि ट्राइ ब्रेकरमा आयोजक टिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

विजेताले ६१ हजार १६१ रुपैंया र उपविजेताले ३१ हजार १६१ रुपैंया नगद पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष कर्ण बहादुर तामाङले जानकारी दिए ।

प्रतियोगितामा सेल्गङ क्लबका खेलाडी द्वय सन्तोष थापा उत्कृष्ट खेलाडी र विक्रम लामिछाने सर्वाधिक गोलकर्ता घोषित भएका छन् ।

विजयी समूहलाई तारकेश्वर गाउँपालिकाका‌ अध्यक्ष शिव अधिकारीले पुरस्कार वितरण गरेका थिए ।

असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म भएको प्रतियोगितामा पुरुष र महिलातर्फ आठ समूह क्लबहरुले सहभागिता जनाएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top