+
Search

ताजा अपडेट +

पपुलर +

चतुरको नेतृत्वमा क्यानको नयाँ कार्यसमिति गठन

cricket association of nepal can
डबली खबर
२ साल अगाडी

काठमाडौँ – चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार नयाँ बानेश्वरमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ कार्यसमिति चयन गरेको हो । क्यानको अध्यक्षमा दोस्रोपटक चन्द निर्विरोध चयन भएका हुन् ।

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए । लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए ।

खुल्ला सदस्यतर्फ धीरेन्द्र साउदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गाराज पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोला प्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए ।

प्रादेशिक सदस्यतर्फ कोशी प्रदेशमा अर्जुन पौडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए ।

क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो । निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ