sujim bazar advert

नुवाकोटका सूर्यकुमार ‘मिस्टर बुल्समेन’को फाइनलमा

डबली खबर     अशोज ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

surya kumar dinesh tamang body builders nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठनको उत्कृष्ट ६ मा नुवाकोटका सूर्यकुमार तामाङ पुगेका छन् ।

मिस्टर हिमालयन राष्ट्रिय शारीरिक सुगठन २०७५ को स्वर्णपदक विजेता तामाङ नुवाकोटका शिवपुरी गाउँपालिका-६ स्थायी घर निवासी हुन् । उनले भोलि फाइनलमा उनले अन्य पाँच खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने प्रतियोगिताको फाइनल भोलि शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा हुने पदकको लागि ७५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नुना गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौल समूह र ८० केजी तौलमाथि समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिला फिजिकतर्फका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैंयाँ प्रदान गरिनेछ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top