२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

नुवाकोटका सूर्यकुमार ‘मिस्टर बुल्समेन’को फाइनलमा

डबली खबर     आश्विन ५ २०८० २२:३४

surya kumar dinesh tamang body builders nepal
pratik book and stationery center in nuwakot

विदुर – चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठनको उत्कृष्ट ६ मा नुवाकोटका सूर्यकुमार तामाङ पुगेका छन् ।

मिस्टर हिमालयन राष्ट्रिय शारीरिक सुगठन २०७५ को स्वर्णपदक विजेता तामाङ नुवाकोटका शिवपुरी गाउँपालिका-६ स्थायी घर निवासी हुन् । उनले भोलि फाइनलमा उनले अन्य पाँच खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने प्रतियोगिताको फाइनल भोलि शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा हुने पदकको लागि ७५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नुना गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौल समूह र ८० केजी तौलमाथि समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिला फिजिकतर्फका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैंयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top