sujim bazar advert

खुल्ला फुटसल कार्तिक १७ गतेदेखि

सुनील श्रेष्ठ     अशोज ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

dashain tihar open futsal tournament in pipaltar nuwakot
Big Education Consultancy Nuwakot

नुवाकोट – पिपलटार फुटबल क्लबको आयोजनामा “जिल्लास्तरीय खुल्ला फुटसल प्रतियोगिता” हुने भएको छ ।

दशैँ र तिहारको अवसरमा आयोजना हुने प्रतियोगिता आगामी कार्तिक १७ र १८ गते हुने क्लबका अध्यक्ष उद्दव पनेरुले जानकारी दिए ।

प्रतियोगिताका विजेताले क्रमशः  ३३ हजार ३३३, १३ हजार ३३३ र ३ हजार ३३३ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पनेरुले जानकारी दिए ।

प्रतियोगितामा विधागत खेलाडी, समुह र प्रशिक्षकलाई पुरस्कृत गरिने छ  ।

पिपलटार फुटसलमा हुने प्रतियोगितामा समुह दर्ता कार्तिक १५ गते भित्र गर्नुपर्ने जनाएको छ । प्रतियोगितामा सहभागिताको ९८२३११४०२३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top