sujim bazar advert

अव्यवस्थित घुम्ती ठेलागाडा हटाउन थालियो

डबली खबर     साउन २६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

thelagadh bidur municipality
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिकाले सार्वजनिक स्थानमा अतिक्रमण गरी अव्यवस्थित रुपमा राखिएका घुम्ती, ठेलागाडा नियन्त्रणमा लिन थालेको छ ।

बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए । क्रमिक रूपमा सडक अतिक्रमण गरि राखिएका सामान तथा ठेलागाडा उठाउने कार्यलाई निरन्तरता दिईने उनले बताए । सडक अतिक्रमण गरि ठेलागाडा तथा सामानहरू राखि व्यापार व्यवसाय सञ्चालन नगर्न उनले अनुरोध गरेका छन् ।

शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रहेको घुम्ती उठाउन सुरु गरी इन्टेकमा सडक अतिक्रमण गरि अव्यवस्थित रूपमा ठेलागाडा राखि व्यापार व्यवसाय सञ्चालन गरिएका ठेला गाडाहरु, फुटपाथ व्यापारीहरु हटाउन सुरू गरिएको नगरप्रमुख इञ्चार्ज दिपक रिमालले जानकारी दिए । यसैगरी आज पनि बट्टारबजार क्षेत्रमा पनि ठेलागाडामा सामान राखि व्यापार व्यवसाय सञ्चालन गरिरहेका ठेला गाडाहरु गरी कुल ६ वटा हटाईएको छ ।

नगरपालिकाको अनुरोधलाई अटेरी गर्ने ठेलागाडा जफत गर्न शुरूवात भईसकेको हुँदा हटाउन बाँकिरहेका ठेलागाडाहरू तुरून्त हटाउन र नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रका सार्वजनिक स्थान, सडक क्षेत्रहरूमा सडक अतिक्रमण गरि ठेलागाडा तथा सामानहरू राखि व्यापार व्यवसाय सञ्चालन नगरि दिनुहुन विदुर नगरपालिकाले अनुरोध गरेको छ ।

ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरूले सामान राख्दा ट्राफिक जाम बढेको थियो ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top