२०८१, २० बैशाख बिहीबार

असार १५ मा “असारे घाँसे गीत प्रतियोगिता” हुदैं

डबली खबर     असार ५ २०८० २१:०७

asare ghaanse dhaan diwas nepal dabali khabar trishuli web nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – २० औं राष्ट्रिय धान दिवसको अवसरमा खुला असारे घाँसे गीत प्रतियोगिता हुने भएको छ । रसुवाको रेडियो लाङटाङ र जन जागृत युवा क्लबको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

विदुर नगरपालिका वडा नम्बर ७ को तुप्चेको कर्मेटारमा हुने नुवाकोट र रसुवा जिल्लाव्यापी गीत प्रतियोगिता यहि असार १५ गते आयोजना हुने क्लबका अध्यक्ष राजकुमार रिजालले जानकारी दिए ।

प्रतियोगितामा आमा समुह, युवा समुह र क्लबहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा पुरस्कार प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश: नगदराशीसहित प्रमाणपत्र प्राप्त गर्ने रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताईन् ।

सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव लगायतका कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

२०६२ सालको असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । उक्त दिन धान रोपाई सँगै दही चिउरा खाने, असारे गित गाउने चलन पनि छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top