२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

दोस्रो बागमती प्रदेश खेलकुद : नुवाकोटलाई १० स्वर्ण, पाँच खेलमा शून्य

डबली खबर     जेष्ठ १४ २०८० २०:५१

second bagamati province sport tournament nuwakot 8th position 10 gold 10 sliver and 22 bonze
pratik book and stationery center in nuwakot

विदुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत नुवाकोट जिल्लाले तेक्वान्दो, बक्सिङ, कराँते र जुडो विधामा १० स्वर्ण हात परेको छ । प्रदेशस्तरीय प्रतियोगितामा नुवाकोटले १० स्वर्णपदक, १० रजत र २२ कास्यपदक प्राप्त गरी आठौँ स्थानमा चित्त बुझाएको छ । १२ खेलमा सहभागिता जनाएको नुवाकोटले फुटबल, भलिबल, क्रिकेट, रग्बी र ब्याडमिन्टन प्रतियोगिताबाट कुनै पनि पदक प्राप्त गर्न सकेनन् ।

तेक्वान्दोतर्फ प्रविन वाईबा, धनबहादुर तामाङ र सुस्मिता तामाङ, आईटिएफ तेक्वान्दोतर्फ नुवाकोटका प्रमिला गुरुङ र कराँतेतर्फ पुस्पका लामा, सुबिन सुनारले स्वर्णपदक जितेका छन् । यस्तै, बक्सिङतर्फ निरन्जन मोक्तान र रक्षा जिसी र जुडोतर्फ रामभक्त तामाङ र अञ्जु पाण्डेले स्वर्णपदक जितेका छन् ।

यसैगरी रजत पदकमा तेक्वान्दोतर्फ अन्जना तामाङ, सागर तामाङ र साजन तामाङ, एथलेटिक्सतर्फ आस्था राई, दिनेश राई, सम्झना राई, रोजिना राई, सुष्मा पुलामीमगरले रजतपदक जितेका छन् । यस्तै, जुडोतर्फ प्रमोद तामाङ र सोमन तामाङ, उसुतर्फ मनिष बुढाथोकी र बक्सिङतर्फ पासाङ शेर्पा र आशिष पुडासैनीले रजतपदक जितेका छन् ।

तेक्वान्दोतर्फ निर्मला तामाङ, जजबुज राई र सुशान्त सारुमगर, कराँतेतर्फ शोभिका तामाङ, अमृत तामाङ र राजेन्द्र तामाङ र एथलेटिक्सतर्फ आस्था राई, मुनाल राई, दिनेश राई र रोजिना राईले कास्यपदक जितेका छन् । यस्तै, उसुतर्फ लालीमा तामाङ र ऐश्वर्य भट्ट, बक्सिङतर्फ विकास गुरुङ र आईटिएफ तेक्वान्दोतर्फ बुद्ध लामा, सन्दिप तामाङ, रञ्जना श्रेष्ठ र रेखाकला घलेले कास्यपदक जितेका छन् ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।

चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।

प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो बागमती प्रदेश खेलकुद २०८० : पदक तालिका

क्र.स  जिल्ला    स्वर्ण   रजत  कांस्य

१.  काठमाडौं    ३१    २२       २५

२.  चितवन      २३    २४       २५

३.  काभ्रे          २२    १३      १८

४.  ललितपुर    १९     २७    २७

५.  सिन्धुपाल्चोक  १७   ८    १६

६.  मकवानपुर    १६   ११   १७

७.  भक्तपुर       १४     १४   ९

८.  नुवाकोट      १०  १०    २२

९.  रामेछाप     १०   ९    १८

१०.  दोलखा     ३    ११    ९

११.  सिन्धुली    ३     ७    १०

१२. धादिङ      ०    ६     १४

१३.  रसुवा        ०    २     ५

कुल             १६८   १६४   २१४

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top