+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयामा प्रथम गाउँपालिकास्तरीय फुटबल हुदैं

uttargaya first rural municipality football tournament
डबली खबर
३ साल अगाडी

विदुर – उत्तरगया गाउँपालिकाको आयोजनामा प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँपालिकाको वडा नम्बर-५ खाल्टेस्थित उत्तरगया खेल मैदानमा हुने सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता यहि जेष्ठ १७ गतेदेखि २० गतेसम्म हुने आयोजकले जनाएको छ ।

गाउँपालिकास्तरीय खुल्ला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैंयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाको खेलकुद विकास समितिका सदस्य सचिव चुडामणि भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा पालिकाक्षेत्रका संस्था र क्लबहरुले सहभागिता जनाउन सकिने जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन टिम दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ