२०८१, ७ बैशाख शुक्रबार

अनशनरत घिमिरेको स्वास्थ्य अवस्था जटिल

डबली खबर     बैशाख १४ २०८० १९:१३

shreeram ghimire
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किसानहरुको विभिन्न मागहरु राख्दै आमरण अनशनमा बसेका ककनी गाँउपालिका वडा नम्बर २ का किसान श्रीराम घिमिरेको जीवन रक्षाको लागी राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ ।

कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै उनी गत वैशाख ५ गतेदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बस्दै आईरहेका छन् ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगको टोलीले अनशनस्थल पुगेर अनुगमन गर्नुका साथै, अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ । घिमिरेको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।

आयोगले अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थकवार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top