२०८१, ११ बैशाख मंगलवार

चन्द्रज्योति र च्वाडी विजयी

डबली खबर     माघ १४ २०७९ २०:२३

second nufc girls winner chandrajyoti secondary school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – दोस्रो एनयुएफसी अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगितामा चन्द्रज्योति र च्वाडी मावि विजयी भएको छ ।

शनिबार भएको फाइनलमा खेलमा छात्रातर्फ जालपादेवी बोर्डिंङ स्कुललाई ०-१ गोलअन्तरले हराउँदै चन्द्रज्योति मावि विजयी भए । खेलको २०औं मिनेटमा चन्द्रज्योतिकी मनिषा तामाङले गरेको गोलनै निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच तामाङनै भईन् ।

छात्रतर्फ विजेता च्वाडी पब्लिक माध्यमिक विद्यालय । तस्विर: सुनील श्रेष्ठ

यस्तै, छात्रतर्फ भएको खेलमा च्वाडी माविले शिलादेवी माविलाई २-१ गोल अन्तरले हराउँदै विजयी भए । खेलको म्यान अफ द म्याच चन्द्र तामाङ घोषित भए ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमश: २५ हजार र १५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमश: १० हजार र ५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

विजयीलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पुरस्कार वितरण गरे ।

नुवाकोट युनाईटेड फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताभरमा समयावधि भित्रनै टिम दर्तादेखि खेलअवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्दै भैरवी मावि अनुशासित टिम घोषित भए ।

यस्तै, चन्द्रज्योतिकी मनिषा तामाङ र च्वाडी माविका चन्द्र तामाङ उत्कृष्ट खेलाडी भए । सबैभन्दा बढी गोलकर्ता जेडीकी अन्वेयषा गिरी र शिलादेवीका सचिन राई भए । अन्वेयषा प्रतियोगिताभरमा ३ गोल गरिन् भने सचिनले ६ गोल गरे ।

शिलादेवीकी बिनिता कुमाल र सागर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । यस्तै, सहभागित टिमहरुबाट रसिका डंगोल र सन्तोष घले उदयमान खेलाडी घोषित भए ।

देवेन्द्रबहादुर थापा र च्वाडी माविका सबिन डंगोल उत्कृष्ट प्रशिक्षक घोषित भए ।

लिककम नकआउट वा नकआउट प्रणालीअनुसार खेलाईएको प्रतियोगिता विदुर नगरपालिकाको बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदानमा खेलाईएको थियो ।

माघ ६ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगितामा छात्र र छात्रा गरी १८ टिमको सहभागिता जनाएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top