+
Search

ताजा अपडेट +

पपुलर +

न्यू भिजन विजयी, सविन मगर सर्वाधिक गोलकर्ता

डबली खबर
३ साल अगाडी

नुवाकोट – पाँचौ अर्चले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी न्यू भिजन युथ क्लबले जितेको छ।

कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा भएको १४ वर्षमुनिको प्रतियोगिताको फाइनलमा आयोजक कञ्चनालाई ०-२ गोलअन्तरले हराउँदै न्यु भिजनले उपाधी जितेको हो । जीतसँगै न्यु भिजनले ५ हजार नगद पुरस्कार र उपविजेतामा सीमित कञ्चनाले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम ठकुरीले विजयी र उपविजयीलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

नेपाल घेदुङ आधारभूत विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा ६ गोलसहित कञ्चनाका सविन मगर सर्वाधिक गोलकर्ता घोषित भए ।

यस्तै न्यु भिजनका अजय राइ उत्कृष्ट गोलकिपर बने भने शुभ बिहानी युवा क्लवका अरुण तामाङ उदयमान खेलाडी घोषित भए । कञ्चना देउरालीका सन्तोष तामाङ उत्कृष्ट खेलाडी बने।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ