२०८०, १६ चैत्र शुक्रबार

सुभेनियर बोर्डिङ स्कूलको जीत

डबली खबर     माघ ७ २०७९ १४:३६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – जारी अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सुभेनियर बोर्डिङ स्कूलले भैरवी माविलाई पराजित गर्दै जीत हासिल गरेको छ ।

नुवाकोट युनाईटेड फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा छात्रतर्फको पहिलो खेलको ट्राईब्रेकरमा ५-४ गोल अन्तरले हराउंदै दोस्रो चरण प्रवेश गरेको छ ।

विदुर नगरपालिकाको बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदानमा आज सम्पन्न पहिलो खेलको पूरा समयावधिमा दुवै टिमबाट समान १/१ गोल गरे । निर्धारित समयमा समान गोल भएपछि खेल ट्राईब्रेकरमा गएको हो ।

भैरवीका प्रदिप थापामगरले खेलको ३५औं मिनेटमा र सुभेनियरका दिनेश सुनारले खेलको ६०औं मिनेटमा १/१ गोल गरे ।

खेलको म्यान अफ द म्याच सुभेनियरका दिनेश सुनार घोषित भए ।

प्रतियोगिता माघ १४ गतेसम्म हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top