२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट युनाईटेड सेमिफाईनलमा

डबली खबर     कार्तिक २३ २०७९ १५:०१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जारी ‘सी’ डिभिजन लिग छनौट फुटबल प्रतियोगिताको सेमिफाईनलमा नुवाकोट युनाईटेड फुटबल क्लब प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार भएको छनौट अन्तर्गत समूह ‘बी’ को क्वार्टरफाइनलमा नुवाकोट युनाईटेडलाई चित्लाङ फुटबल क्लबलाई ३-१ ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो ।

नुवाकोट युनाइटेडको तर्फबाट सानुकान्छा घलान, अजय वाईवा र सन्तोष थापाले समान १/१ गोल गरेका छन् । चित्लाङ्गका लागि विज्ञान कार्कीले एक गोल गरेका छन् ।

दुबै टोलिले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए भने दोश्रो हाफमा नुवाकोटले थप दुई गोल गर्दै चित्लाङ्गमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो ।

नुवाकोट युनाइटेडले सेमिफाइनलमा दुधौलि स्पोर्ट्स क्लब र बागमची युथ क्लब बिचको बिजेतासँग आगामी कार्तिक २७ गते एन्फा कम्लेक्स सातदोबाटो खेलमैदानमा खेल्नेछ।

देशको विभिन्न ६२ वटा क्लबहरु सहभागी भएका थिए । नकआउट चरणमा समुह “ए” र “बी” १०/१० खेल हुनेछ । दुई समुहका फाईनल बिजेता ‘सि’ डिभिजनमा बढुवा हुनेछ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top