२०८०, १६ चैत्र शुक्रबार

अन्तरविद्यालय क्रिकेटमा संस्कृत मावि विजयी

डबली खबर     कार्तिक २२ २०७९ १५:२०

district level inter school cricket tournament winner sanskrit nuwakot cricket association
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय विजयी भएका छन् ।

सोमबार भएको फाईनल खेलमा टस जितेर ब्याटिंङ रोजेको अर्किड एकेडेमीलाई संस्कृतले ६ विकेटले हराउँदै उपाधी हात परेको हो । अर्किडले १६.५ ओभरमा ७४ रन बनाएकोमा संस्कृतले १२.४ ओभरमा ७५ रन बनाएको थियो ।

नुवाकोट क्रिकेट संघद्वारा आयोजित १०औं संस्करणको प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको थियो । फाईनल खेलमा संस्कृत माविका रोसिश सुनार सर्वाेत्कृष्ट खेलाडी घाेषित भए । उनले खेलमा सर्वाधिक १६ रन बनाएका थिए ।

प्रतियोगिताभरमा उत्कृष्ट बलर अर्किडका प्रदिप माझी, संस्कृत माविका शीर्देश राई उत्कृष्ट ब्याटम्यान र उत्कृष्ट खेलाडी घोषित भएको क्रिकेट संघका कोषाध्यक्ष विराटमानसिहं डङ्गोलले जानकारी दिए ।

विजयी टिमका खेलाडीलाई विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

जिल्लामा लुकेर बसेको प्रतिभाहरुलाई अगाडी ल्याउन विद्यालयस्तरीय प्रतियोगिता कोशेढुंगा सावित हुने हुनाले सहभागीता बढाउनका लागि संघले यस बर्ष दर्ता शुल्क नि:शुल्क गरिएको संघका सचिव करण खतिवडाले बताए ।

प्रतियोगितामा विदुर नगरपालिका क्षेत्रका तीन विद्यालय र बेलकोटगढी नगरपालिकाका एक विद्यालय गरी चार विद्यालयको मात्र सहभागी भएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top